sujim advert

काँग्रेस घोषणापत्र : शौचालय निर्माण गर्न अनुदान, हरेक नगरपालिकामा अधिकार सम्पन्न खानेपानी बोर्ड

    कार्तिक १९, २०७४

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

काठमाडौ, दिक्पाल गिरी : नेपाली काँग्रेसले विपन्न वर्गका परिवारलाई शौचालय निर्माण गर्न अनुदान दिइने जनाएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सार्वजनिक गरेको काँग्रेसको घोषणापत्रमा प्रत्येक घरमा शौचालय निर्माण सुनिश्चित गर्ने कार्यक्रम ल्याइने, विपन्न वर्गका परिवारलाई शौचालय निर्माण गर्न अनुदान दिइने जनाएको छ ।

घोषणापत्रमा सरकारको खर्च प्रणालीमा गरिएको परिवर्तनले गर्दा गाउँका गरीब किसान श्रमिक र तिनका सन्तानको शिक्षा, स्वास्थ्य सेवा, शुद्ध पिउने पानी, सरसफाइ र ग्रामीण क्षेत्रको पूर्वाधार र रोजगारीमा पहुँच पुगेको दाबी गरेको छ । ।

गत २५ बर्षमा शुद्ध खानेपानीमा पहुँच भएको जनसंख्या ३६ प्रतिशत रहेकोमा अहिले ८४ प्रतिशत पुगेको काँग्रेसको घोषणापत्रमा उल्लेख छ ।

खानेपानी, सरसफाइ र वातावरणको क्षेत्रमा काँग्रेसको घोषणा पत्रमा समेटिएका मुख्य बुँदाहरु

भरपर्दो आधारभूत स्वास्थ्य

प्रत्येक घरमा शौचालय निर्माण सुनिश्चित गर्ने कार्यक्रम ल्याइनेछ । विपन्न वर्गका परिवारहरूलाई शौचालय निर्माण गर्न अनुदान दिइनेछ । आगामी पाँच वर्षभित्रमा सबै मानव बस्तीहरूमा सुरक्षित खानेपानी पु-याइनेछ ।

खानेपानीका मुहानहरूको संरक्षण र खानेपानीको गुणस्तर कायम गर्ने तर्फ सरसफाइ कार्यक्रम निर्देशित हुनेछन् ।  आगामी पाँच वर्षभित्रमा आर्सेनिकयुक्त पानीका स्रोतहरू माथिको निर्भरता समाप्त गरिनेछ ।

प्रत्येक नगरपालिकामा अधिकार सम्पन्न खानेपानी बोर्ड बनाई सोही अनुरूप खानेपानीको व्यवस्था गरिनेछ ।

स्तरीय आधारभूत तथा उच्च शिक्षा शौचालय, सुरक्षा एवं यातायातको अभावबाट छात्राहरूको अध्ययनमा असर पर्न नदिन विशेष व्यवस्था गरिनेछ ।

सबै विद्यालयमा प्रत्येक महिना स्वास्थ्य परीक्षण र आधारभूत उपचारको व्यवस्था गरिनेछ ।

सबै नगरपालिका र गाउँपालिकाहरुलाई प्रदूषणमुक्त, सफा र सुविधायुक्त यातायातको व्यवस्था गर्न आर्थिक तथा प्राविधिक सहयोगद्वारा प्रोत्साहित गरिनेछ ।

जलवायु परिवर्तन मुख्यतया मानव सिर्जित समस्या  

पवित्र नदी–नाला, ताल–तलैयालाई प्रदूषणमुक्त गर्न अभियानको रुपमा प्रभावकारी कार्यक्रम संचालन गरिनेछ । मुख्यतः वाग्मती, बिष्णुमती, कालीगण्डकी, सेतीका दुबै किनारलाई स्वच्छ राखिने र जनकपुर, गोसाइकुण्ड लगायत क्षेत्रका पवित्र तालहरुको सरसफाइ र संरक्षण गरिनेछ ।

काठमाडौं लगायत प्रमुख नगर क्षेत्रहरुमा कलकारखानाबाट उत्पन्न हुने प्रदूषण कम गर्ने नयाँ प्रविधि तत्काल जडान गर्न प्रोत्साहित गरिनेछ तथा बढी प्रदूषण उत्सर्जन गर्ने यातायातका साधनलाई अविलम्व विस्थापित गरिनेछ । सडक विस्तार र निर्माण कार्य गर्दा अनिवार्य रुपमा धुलो नियन्त्रण गरिनेछ ।

प्लाष्टिक झोला प्रयोगलाइ कडाइका साथ नियन्त्रण गर्नुका साथै वातावरण– अनुकूल झोलाको प्रयोगलाई प्रोत्साहन गरिनेछ ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top