sujim advert

५४ मतदानस्थल अति संवेदनशील

    कार्तिक १६, २०७४

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

Logo of Dabali Khabar
bidur tax consultancy services in nuwakot

विदुर/प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि नुवाकोटमा कायम रहेका मतदान स्थलमध्ये ५४ मतदानस्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

यसअघिको स्थानीय तहका लागि निर्धारण गरेको १ सय २९ मतदान स्थललाई प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि गरिएको विभाजनको आधारमा सुरक्षाको दृष्टिकोणले ५४ स्थानमा रहेका मतदान स्थल अति संवेदनशील देखिएको प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिए ।

यस्तै, ५० मतदान स्थल संवेदनशील र २५ मतदानस्थल सामान्य निर्धारण गरेर सुरक्षा व्यवस्था मजबुद बनाउने तयारी सुरु गरिएको प्रमुख जिल्ला अधिकारी बरालले बताए । कायम रहेका मतदान केन्द्रको वर्गीकरणका लागि नेपाल कम्युस्टि पार्टी विप्लव समूहको गतिविधि र प्रभावित क्षेत्रलाई बढी संवेदनशील मानिएको छ ।

त्यस्तै, अनपेक्षित राजनीतिक प्रतिस्पर्धा हुने स्थान, भौगोलिक कठिनाइ एवम् विकट बस्ती, जातीय, क्षेत्रीय, सांस्कृतिक र साम्प्रदायिक प्रभाव रहेको स्थान र यसअघिको निर्वाचनको समीक्षालगायतको मापदण्डको आधारमा मतदानस्थलको वर्गीकरण गरिएको हो ।

मतदान स्थलको वर्गीकरणको आधारमा सुरक्षा व्यवस्थाका लागि सुरक्षाकर्मीको तयारी, नेतृत्व, सङ्ख्या निर्धारण गर्ने गरी निर्वाचन सुरक्षा रणनीति बनाउन लागिएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले जानकारी दिए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top