वाम गठबन्धनलाई इमानदारी साथ सहयोग गर्ने प्रतिबद्धता

    कार्तिक १६, २०७४

sizen education study in Japan
ananda Jewellery shop

विदुर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायत दलहरूले निर्माण गरेको साझा वाम गठबन्धनलाई नुवाकोटमा इमानदारी साथ सहयोग गर्ने प्रतिबद्धता नुवाकोटमा उक्त दलसम्बद्ध नेताहरूले गरेका छन् ।

संयुक्त वाम गठबन्धनले विदुरमा गरेको कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले वाम गठबन्धन कसैलाई जिताउन र हराउने उद्देश्यले भन्दा पनि मुलुकको राजनीतिक स्थायित्वका लागि भएको बताए । क्षेत्र नं. १ का प्रतिनिधिसभाका उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हितबहादुर तामाङले वाम गठबन्धनलाई पूर्ण सहयोग र समर्थन गर्ने बताए । उनले विकास र समृद्धिका लागि आफूहरू खट्ने प्रतिबद्धता पनि व्यक्त गरे । सो कार्यक्रममा नेकपा माओवादी केन्द्र नुवाकोटको संयोजक विमला सुवेदीले मुलुकमा राजनीतिक स्थायित्वका लागि वाम गठबन्धन अपरिहार्य भएको बताइन् । उनले भनिन्– यो गठबन्धनले राजनीतिक स्थायित्व दिन्छ र वाम सरकारबाट मात्र देशको विकास सम्भव हुन्छ ।

त्यसैगरी सो कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष तथा चुनावी प्रतिस्पर्धामा रहेका क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद खतिवडाले साझा गठबन्धनविरुद्ध जाने नेता तथा कार्यकर्तालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने चेतावनी दिए । नेपाली काङ्ग्रेसको जिल्लामा रहेको दादागिरीलाई ठेगान लगाउन र जनताको पक्षमा काम गर्न वाम गठबन्धन बनाइएकोसमेत उनले बताए । त्यसैगरी सो कार्यक्रममा नेपाल परिवार दल नुवाकोटका अध्यक्ष शिवकृष्ण श्रेष्ठले नुवाकोटमा परिवार दलको उम्मेदवार नउठाएकाले साझा वाम गठबन्धनको उम्मेदवारलाई मत हाल्न सबै नेता–कार्यकर्तालाई आह्वान गरे ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top