sujim bazar advert

१७ लाख ठगी गर्ने पूर्व भारतीय पक्राउ

    साउन ९, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot

हत्याको अभियोगमा जेल सजायँ भोगिरहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै रकम ठगी गर्ने एक भारतीय पूर्व सैनिकलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।

कारागारमा बन्दी जीवन विताइरहेका तीन र फरार दुई जनाका परिवारसँग १७ हजार रुपैयाँ रकम ठगी गरेको आरोपमा प्रहरीले धादिङको सेम्जोङ– १ का ५८ वर्षिय पहलमान तामाङ (गुरुङ) लाई पक्राउ गरेको हो । ‘कर्तव्य ज्यान मुद्दाका दोषीहरुलाई जेल मुक्त गराइ दिने भन्दै आएका गुरुङलाई प्रहरीले पक्राउ गरेको हो, जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी देवबहादुर बोहोराले भने– ‘२१ लाख मध्ये १७ लाख ठगी भइसकेपछि सुराकीको आधारमा गुरुङ पक्राउ परेका हुन् ।

राजनीतिक दलका नेता अन्य विशिष्ट व्यक्तिहरुसँग आफ्नो सम्वन्ध रहेको बताउँदै गुरुङले रकम ठगी गरेको एसपी बोहोराले बताए । सामरी गाविस–२ का कालु तामाङलाई धारिलो हतियार प्रहार हत्या गरेको आरोपमा अदालतबाट दोषी ठहर गरिएका धादिङको सेम्जोङ गाविस–१ का पञ्चबहादुर तामाङ, प्रेमबहादुर तामाङ, मनबहादुर तामाङ, कुमार तामाङ र सोमबहादुर तामाङका परिवारसँग गुरुङले ठगी गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न कुमार तामाङ र सोमबहादुर तामाङ भने फरार छन् ।

पक्राउ परेका गुरुङलाई १७ लाख रुपैयाँ लिएर ठगी गरेको आरोपमा कारवाही प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ ।

प्रहरीले विहीवार विदुरमा पत्रकार सम्मेलन गरी साल्मे गाविस–२ का ७८ वर्षिय वृद्धालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक युवासमेत सार्वजनिक गरेको छ । घटनामा संलग्न साल्मे गाविस–९ का २० वर्षिय मानसिं तामाङलाई पक्राउ गरी जवरजस्ती करणी मुद्दा चलाएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको मौकामा मानसिंले मध्यरातमा घर फुटाएर वृद्धा बलात्कार गरेको प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले बताए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top