sujim bazar advert

अपराधमा संलग्न ९९ जना पक्राउ

    साउन ९, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

विभिन्न अपराधमा संलग्न भइ फरार भएका अपराधी र अभियुक्तहरु ९९ जनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले गत आर्थिक वर्षमा ९० जना अपराधी र ९ जना अभियुक्त गरि ९९ जनालाई पक्राउ गरेको हो । विहीवार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०७२/०७३ मा जिल्ला अदालतबाट फैसला भई फरार रहेका अपराधीहरु ९० जना र मिशिल अदातलमा पेश भई फैसला हुन बाँकी मुद्दाका ९ जना अभियुक्तलाई पक्राउ गरेको हो ।

एक रुपैयाँ ६७ पैसा जरिवाना नतिरेर फरार रहेका देखि १० वर्ष कैद सजाय र २ लाख ५० हजार रुपैया जरिवाना असुल हुन बाँकी रहेका अपराधीसम्म पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयमा प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहोराले बताए ।

कतिपयले आफूलाई लागेको अभियोग र सजायको बारेमा समेत जानकारी नभएर कैद र जरिवाना भुक्तान गर्न नआएको पाइएकोले सबैले अदालतमा बाँकी रहेको कैद र जरिवाना बेलैमा असुल गराउनको लागि प्रहरीले फरार अपराधी पक्राउ अभियान चलाइरहेको प्रहरी उपरीक्षक बोहोराले बताए ।

नुवाकोट प्रहरीले गत आर्थिक वर्षमा ५७ वर्ष ६ महिना ९ दिन कैद र ७ लाख १६ हजार ५ सय ९८ रुपैया जरिवाना असुल गर्न सफल भएको छ । प्रहरीले सबैभन्दा कम जालसाजी मुद्दामा फरार मदानपुर–९ का मंगलबहादुर तामाङ, गोपी तामाङ र बुद्धिमाया तामाङलाई १ रुपैयाँ ६७ पैसा जरिवाना असुल गर्न पक्राउ गरेको हो ।

सबै भन्दा बढी लागूऔषध मुद्दामा विदुर नपा–२ का हरिबहादुर बस्नेतलाई २ लाख ५० हजार रुपैया जरिवाना असुलको लागि पक्राउ गरेको हो । प्रहरीले कार्यक्रममा ७८ वर्षिया बृद्ध एकल महिलालाई बलत्कार गर्ने साल्मे–९ का मानसिङ तामाङलाई सार्वजनिक गरेको छ ।

तामाङले सोही गाविसका ७८ वर्षिया बृद्धलाई गत असार २८ बलत्कार गरेको आरोपमा मुद्दा चलाएको छ । बलात्कृत बृद्धको त्रिशूली जिल्ला अस्पतालमा एक साताको उपचार पछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top