sujim bazar advert

रसुवाका टनेलखेतीप्रति आकर्षण बढ्दो

    साउन ९, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

रसुवाको सयौँ किसान टनेलमा गोलभेंडा खेतीतर्फ आकर्षित भएका छन् । प्लास्टिक टनेलको सहायताले तरकारी खेती गर्दा आम्दानी र रोगकिराबाट समेत बचाउन सकिने भएकाले यहाँका किसान टनेलमा गोलभेंडा तथा तरकारी खेतिमा क्रियाशील भएका हुन् ।

तरकारी खेतिको मौसमी, वेमौसमी तथा विभिन्न तालिम पाएपछि साग, सब्जीसमेतको उत्पादन गर्न किसानहरु अग्रसर भएको र वर्षा मौसममा गोलभेंडा प्रति किसानहरुले किलोग्राम ८० रुपैया रुपैयाँसम्ममा बिक्री हुने गरेको जिल्ला कृषि विकास कार्यालय रसुवाले जनाएको छ । पहिले बाबुबाजेको पालामा नुवाकोटको त्रिशूली बजारबाट खानका लागि गोलभेंडा ल्याउनुपथ्र्याे, अहिले गाउंमै फल्दा खुसी लागेको धैवुङका किसान भीम पौडेलले बताए ।

किसानहरुलाई नयाँ कृषि प्रणालीअन्तर्गत जिल्ला कृषि विकास कार्यालयले प्लास्टिक, बिउ तथा प्राविधिक ज्ञान उपलब्ध गराउन थालेपछि गोलभेंडा खेतीमा किसान आकर्षित भएको र जिल्लामा उत्पादित गोलभेंडा स्थानीय बजार तथा नुवाकोट जिल्लामा समेत निर्यात हुने गरेको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताए ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख रमेश हुमागाईले जिल्लाभित्र हालसम्म आठ सयवटा प्लास्टिक टनेल जडान भइसकेको वताए ।
टनेलभित्र रोपिएका गोलभेंडाबाट यस वर्ष किसानले दुई करोड ५० लाख आयआर्जन गर्ने उनको भनाई छ । टनेलबाट गोलभेंडा उत्पादन गर्न किसान क्रमशः अग्रसर भइसकेको अनुुदान सहयोगमा प्लास्टिकको मागसमेत बढ्दै गएको हुमागाईले बताए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top