sujim bazar advert

भिवोर बैंकले बाँड्यो २७ जनालाई अनुदान

    साउन ३, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

vibor bank nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोटका भुकम्पपीडितको लागि निजी आवास अनुदान वितरणको प्रक्रिया अघि बढेको छ । खड्गभन्ज्याङ गाविसमा रहेको भिवोर विकास वैंकको शाखा कार्यालयले आज २७ जना भुकम्पपीडितहरुलाई पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ अनुदान प्रदान गरेको छ । शाखा प्रमुख दिपेन्द्र श्रेष्ठका अनुसार जिलिङ गाविसका २७ जनालाई पहिलो दिन पहिलो किस्तावापतको अनुदान रकम प्रदान गरिएको हो । भिवोर विकास वैंकको खड्गभन्ज्याङ÷देवीघाट शाखाले चार हजार आठ सय १ भुकम्पपीडितलाई रकम उपलब्ध गराउने सम्झौता अनुसार आज जिलिङ गाविस वडा नं. २ का २७ भुकम्पपीडितलाई अनुदान रकम प्रदान गरिएको हो । सो वैकमा पहिलो चरणमा नौ सय १ जनाको लागि कोष तथा लेखा नियन्त्रण कार्यालयले घर निर्माणको लागि पहिलो किस्ताको ५० हजार रुपैयाँ उपलब्ध गराएको छ । गाविस सचिव विरेन्द्रबहादुर बोहराको उपस्थितिमा वैंकले निजी आवास अनुदानको पहिलो किस्ता रकम भुकम्पपीडित लाभग्राहीलाई प्रदान गरेको हो । नुवाकोटमा निजी आवास अनुदानका लागि नुवाकोटका ३० हजार भुकम्पपीडितसँग अनुदान सम्झौता भइसकेको छ ।

vibor 1 - Copy

भूकम्पीय आवास पुननिर्माण, परियोजना जिल्ला आयोजना कार्यान्वयन इकाइले दिएको जानकारी अनुसार आजसम्म ३० हजार सात जना लाभग्राहीसँग अनुदान सम्झौता सम्पन्न भएको छ । सरकारको तथ्यांक अनुसार जिल्लामा ६५ हजार ७ सय ७३ जना भूकम्प पीडित लाभग्राहीको सूचीमा छ । नुवाकोटका केही गाविसमा भने पहिलो किस्तावापतको ५० हजार रुपैयाँ वितरणको लागि गाउँ विकास समितिहरुलाई रकम निकासासमेत गरिएको छ । आइतवारसम्म दुई हजार ३९ जनाको लागि रकम निकासा भएका हो । हालसम्म विभिन्न गाविसको लागि नौ करोड ३२ लाख रुपैयाँ निकासा भइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

vibor bank khadagbhanjyang


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top