sujim bazar advert

तरकारी उत्पादक कृषकहरुको भेला सम्पन्न

    असार २१, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर, १८ असार । नुवाकोटको नर्जामण्डप, कविलास र पञ्चकन्या गाविसको संगम स्थल बाउनबेशीमा तरकारी उत्पादन किसानहरूको भेला आज सम्पन्न भएको छ ।

अखिल नेपाल किसान महासंघ नुवाकोट जिल्ला साखाको आयोजनामा भेलाले नर्जामण्डप तरकारी उत्पादन समूह गठन गरेको छ । भेलाले ठाकुर भण्डारीको अध्यक्षतामा २५ सदस्यीय ३ गाविस स्तरिय नर्जामण्डप तरकारी उत्पादन समूह गठन भएको छ । समितिको सहसंयोजकमा सहदेव अधिकारी, सचिवमा सिद्धमणी मिश्र र कोषाध्यक्ष लिलामाया आचार्य रहनुभएको छ ।

यस्तै सदस्यहरुमा नेत्रबहादुर थापा, रामचन्द्र भण्डारी, कमला तामाङ, सुर्यप्रसाद पौडेल, हरि तामाङ, पदमप्रसाद नेपाल, बुद्धिबहादुर तामाङ, गणेशकुमार रिजाल, श्यामबहादुर तामाङ, झिल्के तामाङ, रामबहादुर तामाङ, लालबहादुर तामाङ, शंकर ओझा, रामप्रसाद भण्डारी, कपिल भण्डारी, ईश्वरीप्रसाद ओझा, रामशरण मिश्र, अचुत मिश्र, बसन्त खनाल र सञ्जय भण्डारी रहनुभएको छ ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष एवं पुर्व कृषि मन्त्री हरि पराजुलीले आगामी दिनमा खाद्यवाली, तरकारीहरूको बीउ मलहरू एवं कृषि औजारका सामग्री महासंघले उपलब्ध गराउने बताउनुभएको छ ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघ नुवाकोटका अध्यक्ष यमकुमार खाती, विभिन्न सरकारी तथा गैरसुरकारी कार्यलयका प्रमुख एवम् प्रतिनिधि, नर्जामण्डप, कबिलास र पञ्चकन्या गाउँ विकास समितिका नागरिकहरु, स्थानिय समाजसेवी लगायतकाको सहभागीता रहेको थियो ।

– गोसाइँकुण्ड सञ्चार

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top