२०७७, २१ फाल्गुन शुक्रबार
first nuwakot likhu chhahare business Expo

घाँसको विउ वितरण

डबली खबर     असार २१ २०७३ १५:२५


Trishuli Web Design Services in Nuwakot

विदुर, २० असार । स्थानिय विकास कोष जिल्ला बिकास समिति नुवाकोट अन्तर्गत गरिबसँग विश्वेश्वर कार्यक्रमले नुवाकोटको पाँच वटा गाउँ विकास समिति र बिदुर नगरपालिकाको दुई वटा वडाका नागरिकहरुलाई बिभिन्न जातका डाले घासको बिरुवा वितरण गरेको छ ।

कार्यक्रम अन्तर्गत नुवाकोटको मदानपुर, बेल्कोट, कल्याणपुर, बागेश्वरी र हल्देकालिका गाउँ विकास समिति र बिदुर नगरपालिकाको वडा नम्बर ५ र ६ का नागरिकहरुलाई घासको बिरुवा बितरण गरिएको हो ।

कृषि पेसामा संलग्न बिभिन्न समुदायमा रहेका नागरिकहरुको कृषि उपजलाई वृद्धि र विकास गर्नको लागि कागतीको बिरुवा र घासको बिरुवा वितरण गरिएको गरिबसँग विश्वेश्वर कार्यक्रमका जिल्ला समन्वयकर्ता उत्सब अर्यालले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz

प्रतिक्रिया




Top