गोसाइँकुण्ड सञ्चार, नर्जामण्डप / २० असार । नुवाकोटको नर्जामण्डप गाउँ विकास समिति वडा नं. ३ का तीस परिवारलाई आज बाख्रा वितरण भएको छ ।
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्र्तगत गठन भएको नागरिक सचेतना केन्द्रका ३० जना सदस्यहरुलाई बाख्रा वितरण गरिएको हाम्रा संवादादाता रामचन्द्र खनालले खबर पठाउनुभएको छ । जिल्ला शासन विज्ञ रामकृष्ण राजभण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । साुमदायिक विकास पुर्वाधार कार्यक्रम अन्तर्गत तीन लाख १५ हजार रुपैयाँको लगानीमा बाख्रा गरिद गरिएको र उक्त बाख्रा वितरण भएको बताइएको छ ।
प्रतिक्रिया