२०८१, ११ बैशाख मंगलवार

रेडक्रसले १४ सय दर बनाउदै

    असार १६ २०७३ १४:०९

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बिदुर, २२ जेठ । नेपाल रेडक्रस सोसाइटीले भूकम्प प्रभावितहरूका लागि ६ हजार निजी घर बनाउने भएको छ । रेडक्रसले अघि सारेको प्रस्ताव राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्वीकृत गरेको छ ।

नेपाल रेडक्रस सोसाईटिले नुवाकोट, रसुवा, धादिङ, लगायतका जिल्लाहरुमा ६ हजार आबास निर्माण गर्न लागेको हो । ६ हजार निजि आबास निर्माणको लागी यसको प्रस्तावित रकम ७ अर्ब ३७ करोड ९४ लाख २ हजार ९० रुपैयाँ छ ।

अमेरिकन रेडक्रसको आथिर्क सहयोगमा नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा नुवाकोटले नुवाकोटको ८ ओटा गाँउ बिकास समितिमा १४ सय निजि आबास निर्माण गर्ने जनाएको छ । नुवाकोटको काउले, लच्याङ, भाल्चे, मनकामना, हल्देकालीका, सुर्यमती, चतुराले, र उर्लेनि बिकास समितिमा अहिले रेडक्रसले घर निर्माणको लागी सिकर्मी र डकर्मीको तालिम प्रदान गरी दक्ष जनशक्ति उत्पादन गरी रहेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top