sujim advert

पुनः निर्माण प्राधिकरणको ढिलाई

    ९ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

बिदुर – भुकम्प गएको १३ महिना बितिसक्दा पनी नागरिकहरुले सुरक्षित तबरले बस्न पाएका छैनन् । दैनिक जसो भुकम्पको पराकम्पन, बर्सातको समयमा अस्थाई आबासको बास लगथायतको बिभिन्न कारण नागरिकहरु झनै पिडित भैरहेका छन् ।

सरकारले भुकम्प पिडितहरुको लागी चाँडै निजि आबास पुनः निर्माण गर्नको लागी राष्ट्रिय पुनः निर्माण प्राधिकरणको गठन गरेता पनी प्राधिकरणले प्रभाबकारी रुपमा काम गर्न सकेको छैन् । भुकम्प गएको १ बर्ष पुरा भएको दिनलाई स्मरण गर्दै प्राधिकरणले पुनः निर्माणको लागी अनुदान सम्झौता सुरु गरेको थियो । तर, अहिले सम्म पुनः निर्माण प्राधिकरण ३५ हजार निजि घरको मात्रै अनुदान सम्झौता सम्पन्न भएको छ । अनुदान सम्झौता भएता पनी नागरिकहरुले रक मभने पाउन सकेका छैनन् ।

यस्तै, नुवाकोटको ६१ वटै गाँउ बिकास समिति र बिदुर नगरपालीकाको अनुदान पाउन योग्य नागरिकहरुको सुचि प्रकाशन भैसकेता पनी प्रभाबकारी रुपमा अनुदान सम्झौता प्रकृया अगाडी बढ्न सकेको छैन् । भुकम्पको स्मरण गर्दै बैशाख १२ गते तिन ओटै निर्बाचन क्षेत्रको एक/एक गाबिसमा अनुदान सम्झौता गरेता पनी त्यसले गति लिन सकेको छैन् ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top