२०८१, १४ बैशाख शुक्रबार

भुकम्पमा परी लाङटाङ्गमा हराएकाहरुको खोजी कार्य जारी

    असार १६ २०७३ १४:०६

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बिदुर – लाङटाङ्ग राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना नारायण दल गणले खोज तथा उत्खनन कार्यलाई जारी राख्दै स्थानीय सामाजिक कार्यमा समेत योगदान पु¥याउदै आएको छ ।

गत वैशाख १२ गतेको बिनासकारी भूकम्पका कारण समुन्द्री सतहदेखि छ हजार दुईसय मिटरको उचाइको लाङटाङ्ग लिरुङ्ग हिमालको बेस क्याम्पमा अवस्थित पेवक्षे ताल फुट्दा आएको हिम पहिरोले पुरिएको लाङटाङ्ग भित्रको लाङटाङ्ग गाउँ बस्तीमा नेपाली सेनाले उत्खनन र खोज उद्धार कार्य जारी राखेको स्थानीय बासिन्दाले बताएका छन् ।

लाङटाङ्गमा स्थानीयवासी लगायत विदेशी समेत ठूलो सङ्ख्यामा पुरिएका र अझै ८० जना भन्दा बढी मानिस बेपत्ता रहेका छन् ।

नेपाली सेनाले खोज उत्खननका साथै माथिल्लो लाङटाङ्ग, मुण्डु लगायतका क्षेत्रमा भूकम्पले घर भत्काउँदा भग्नावशेष भएका स्थानको ढुङ्गा तथा पुरानो काठको व्यवस्थापनका कार्यहरु गरी रहेको छ । यस्तै सेनाले एकल महिला, अपाङगता भएका ब्यक्तिहरुको आवास निर्माण र सरसफाइ समेतका विभिन्न निर्माण कार्यमा महत्वपूर्ण योगदान पु¥याएको लाङटाङ व्यवस्थापन एवम् पुनःनिर्माण समितिका उपाध्यक्ष सुप्पा तामाङले जानकारी दिनु भएको छ ।

लाङटाङ्ग, थाङसाप, मुण्डु, घोडा तबेला लगायतका क्षेत्रमा स्थानीय र पर्यटक हिँड्ने पदमार्गसमेत मर्मत सम्भार गरी लाङटाङ्गवासीको सहज जीवनयापनमा नेपाली सेनाले गरेको योगदान अतुलनीय रहेको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top