नेपाल विद्युत प्राधिकरणले ७५ मेगावाट विद्युत उत्पादन क्षमताको त्रिशुली, गल्छी जलविद्युत आयोजनाबाट उत्पादित विजुली किन्ने भएको छ ।
विद्युत प्राधिकरण र आयोजना निर्माण गर्ने कम्पनी सिद्धकाली पावर लिमिटेडबीच बिद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । यो आयोजनाको कुल लागत १४ अर्ब ४० करोड ६० लाख रुपैयाा रहेको बताईएको छ । जसमा शेयरधनीहरुको ४ अर्ब ३२ करोड रुपैयाँ लगानी रहनेछ । आयोजना निर्माणका लागी लक्ष्मी बैंकको अगुवाईमा सह वित्तयीकरण मार्फत कर्जा लगानी हुनेछ ।
आयोजनाको विस्तृत डिजाईनको काम डिजाईन ग्रुप प्रोजेक्ट कन्सल्ट्यान्स, बैंगलोरले गरेको हो । यो आयोजनाको निर्माण पश्चात काठमाण्डौ उपत्यकाको लोडसेडिङ हट्ने तथा औद्योगिक विकाश हुने अनुमान गरिएको छ । धादिङ्ग र नुवाकोट जिल्ला भएर यो आयोजना बहने जनाईएको छ । निजी क्षेत्रबाट विकास गरिएको यो सबैभन्दा ठूलो आयोजना भएको कम्पनीको दाबी छ ।
प्रतिक्रिया