sujim advert

कचहरी कार्यक्रम सम्पन्न

    असार १६, २०७३

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

नुवाकोट साहित्य प्रतिष्ठानले निर्भिक राईको उपन्यास जोइटिङ्रेहरुको नियतिहरु महिला सतात्मक हिंसाहरुमाथि कचहरी कार्यक्रम गरेको छ ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ शशी लुलुम्बुले निर्भिक राईको उपन्यास जोइटिङ्रेहरुको नियतिहरु उपन्यास सामाजिक, लैङगिकता र यथार्थपरक रहेको बताउनुभएको छ । मानिसको जीवनमा हुने अभाबग्रस्त समय, तन्नेरीहरुबीच कुने प्रेम नियति, दाम्पत्य जीवनमा हुने अनमेल, साहित्य संगीत, गायन, हासो, लगायतका विषयबस्तुलाई शब्द मार्फात उजागर भएको बताए ।

भोजपुर जिल्लामा जन्मेका उपन्यासकार निर्भिक राईको उपन्यास जोइटिङ्रेहरुको नियतिहरु माथि साहित्यकारहरु मुकुन्दराज अर्याल र शिबसुन्दर पुडासैनीले टिप्पणी गरेका थिए ।

कार्यक्रममा शान्ती समाज नुवाकोटका अध्यक्ष रामप्राद जोशी, प्रजातान्त्रिक विकास समाज नुवाकोटका अध्यक्ष हरेरर। म गिरी, नुवाकोट साहित्य प्रतिष्ठानका उपाध्यक्ष रामकृष्ण गजुरेल, स्थानीय समाजसेवी बिनोद दाहाल, मुकुन्दराज अधिकारी लगायतले मन्तव्य राखेका थिए ।
नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष श्रीराम श्रेष्ठको सभापत्विमा सम्पन्न भएको कार्यक्रममा नुवाकोटका सर्जक एवम् श्रष्टाहरुको सहभागीता रहेको थियो ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top