२०८१, ११ बैशाख मंगलवार

समिति गठन

    असार १६ २०७३ १३:५०

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नेपाल सामुदायिक विद्यालय व्यवस्थापन समिति संघ नुवाकोटको रानीपौवा श्रोत केन्द्र स्तरिय समिति गठन भएको ।

समितिको अध्यक्षमा दिपेश तामाङ रहेका छन् । यस्तै उपाध्यक्षमा नविन श्रेष्ठ, सचिबमा गौतमराज लामा, कोषाध्यक्षमा सूर्य तामाङ रहनुभएको छ । यस्तै सदस्यहरुमा हर्कबहादुर तामाङ र राजेन्द्र लामा छन् ।

कार्यक्रममा नेपाल सामुदायिक विद्यालय व्यवस्थापन समिति संघ नुवाकोटका अध्यक्ष लक्ष्मण श्रेष्ठ संघले नुवाकोट जिल्लाको विद्यालयको शैक्षिक गुणस्तरमा सुधार, व्यवस्थापन पक्षको सुधारको कार्य गरिरहेको बताउनुभएको छ । कार्यक्रममा भवानी उच्च माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाग्यश्री लामा, श्याम पाठक लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top