+
Search

ताजा अपडेट +

पपुलर +

शिविरमा एक सय ९५ जना नागरिकहरू लाभान्वित

डबली खबर
२ घण्टा अगाडी

असोज १५, नुवाकोट । विश्व हृदय दिवसको अवसर पारेर विदुर नगरपालिका-४ स्थित शहरी स्वास्थ्य केन्द्रको भवनमा एकदिवसीय नि:शुल्क स्वास्थ्य शिविर भएको छ।

लायन्स तथा लियो क्लब अफ काठमाडौं लर्ड बुद्धको आयोजना एवं सशस्त्र प्रहरी बल नेपाल अस्पताल, बलम्बुको प्राविधिक सहयोगमा सञ्चालित सो शिविरमा एक सय ९५ जना नागरिकहरूले स्वास्थ्य उपचार सेवा लिएको संस्थाका अध्यक्ष हरिप्रसाद तिवारीले जानकारी दिए ।

शिविरमा मुटुरोग सम्बन्धी सचेतना फैलाउने र सर्वसाधारणलाई घरआँगनमै विशेषज्ञ सेवा पुर्‍याउने उद्देश्यका साथ यो परोपकारी कार्यक्रमको आयोजना गरिएको लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आई नेपालका क्याबिनेट सचिव अनुजकुमार श्रेष्ठले बताए  ।

शिविरमा महिला १०५ जना र पुरुष ९० जनालाई सशस्त्र प्रहरी बल अस्पतालका अनुभवी एवं विशेषज्ञ चिकित्सक टोलीले बिरामीहरूको प्रत्यक्ष स्वास्थ्य परीक्षण गरिएको लायन्स क्लब अफ नुवाकोट क्यापिटलका अध्यक्ष सुबास श्रेष्ठले जानकारी दिए । शिविरमा इको, ईसीजी, भिडियो एक्स–रे, रगतमा चिनीको जाँच, विशेषज्ञ चिकित्सकको परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको उनले जानकारी दिए ।

स्वास्थ्य परीक्षणका क्रममा सामान्य जाँचका साथै जटिल प्रकृतिका रोगहरूको पहिचान गर्न आधुनिक उपकरणको प्रयोग गरिएको थियो।

शिविरमा चिकित्सकहरूको सिफारिस अनुसार १९ जना बिरामीको ईको, २५ जनाको ईसीजी र ३५ जनाको भिडियो एक्स-रे अर्थात् अल्ट्रासाउन्ड नि:शुल्क रूपमा गरिएको थियो। यसका साथै परीक्षणका क्रममा विभिन्न स्वास्थ्य समस्या देखिएका बिरामीहरूलाई आवश्यक पर्ने औषधिजन्य सामग्रीहरू समेत नि:शुल्क वितरण गरिएको जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ