साउन २०, नुवाकोट । विश्व स्तनपान सप्ताहको अवसरमा आज त्रिशूली अस्पतालमा अन्तरक्रिया कार्यक्रम भएको छ।
“दिगो जीवनको स्वस्थ शुरूआत: प्रभावकारी स्तनपानका लागि सबैको साथ” मूल नारा रहेको विश्व स्तनपान सप्ताह अगस्ट १ देखि ७ सम्म (साउन १६–२२) यस वर्ष मनाइदै छ ।
जनस्वास्थ्य कार्यालय, त्रिशुली अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय र विदुर नगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्तनपानको महत्त्व, सही तरिका र आमा तथा शिशुको स्वास्थ्यमा यसले पार्ने सकारात्मक प्रभावबारे जानकारी दिइएको थियो।
कार्यक्रममा स्वास्थ्यकर्मीहरूले स्तनपानलाई शिशुको पहिलो र उत्तम पोषण स्रोतका रूपमा प्रस्तुत गर्दै आमाहरूलाई निरन्तर सहयोग र प्रोत्साहन आवश्यक रहेको बताए।
कार्यक्रममा सुनाैला १००० दिने आमाहरूको सहभागिता रहेको जनस्वास्थ्य कार्यालयका पोषण अधिकृत जनार्दन सिलवालले जानकारी दिए ।
कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, स्वास्थ्यकर्मी र आमाहरूबीच खुला छलफलसमेत भएको थियो।

प्रतिक्रिया