जेठ २७, नुवाकोट । चन्द्रकृष्ण प्रजापतिको बोलमा गुली जक बाँलाम्हः मयजु बोलको नेपाल भाषाको गीत बजारमा आएको छ ।
गायक प्रजापतिको स्वरमा रहेको उक्त गीतका रचनाकार सङ्गीतकार निर्देशन अमोध वीर बज्राचार्यले गरेका हुन्
गीतमा एरेन्ज भूपेन्द्र बज्राचार्य र रेकर्डिङ, मिक्सीङ र मास्टरिङमा फिरोज बज्राचार्यको रहेको छ ।
गीतको म्युजिक भिडियोमा अमोधबीर बज्राचार्य, सलन बज्राचार्य, भेष महर्जन, श्रृयती शाक्यले गरेका छन् ।
ललितपुरको विभिन्न स्थानका मनमोहक दृश्यहरूका साथ छायाङ्कन भएको उक्त गीतको सिनेमेट्रोग्राफर अमर चित्रकारले गरेको हो ।
यस्तै, कोरियोग्राफरमा रुवी लामा मेकअप रुपा मानन्धरले गरेका छन् ।
प्रतिक्रिया