+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नुवाकोटमा पनि मनाइयो दशौँ स्वास्थ्य बीमा दिवस

नुवाकोटमा पनि मनाइयो दशौँ स्वास्थ्य बीमा दिवस
डबली खबर
६ दिन अगाडी

२६ चैत, विदुर । नुवाकोट जिल्लामा पनि दशौँ स्वास्थ्य बीमा दिवस मनाइएको छ ।

‘राज्यको लगानी, नागरिकको योगदान, स्वास्थ्य बीमा साझा अभियान नाराका साथ’ मूल नाराका साथ विदुरमा मनाईएको स्वास्थ्य बीमा दिवसमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यालयले तीन जनालाई  पुरस्कारसहित सम्मान गरेको दर्ता अधिकारी मिना अर्यालले जानकारी दिए । 

कार्यक्रममा उत्कृष्ट दर्ता सहयोगी देवकी नेपाल, धेरै योगदान रकम संकलनकर्ता दर्ता सहयोगी राधिका बस्नेत र सबैभन्दा बढी बीमित आवद्धताकर्ता मुना पुडासैनीलाई सम्मानसहित पुरस्कृत गरेको छ ।

सम्मानित सबैलाई जिसस प्रमुख ठकुरीले खादा लगाई सम्मानपत्रले सम्मान गरेका थिए।

स्वास्थ्य बीमामा नुवाकोटको फड्को, ९९ हजार ८४९ जना नागरिक आबद्ध

नुवाकोटमा पछिल्लो अध्यावधिक विवरण अनुसार चालुआर्थिक वर्षको चैत २४ गतेसम्म यो संख्या बढेर ९९ हजार ८४९ पुगेको छ। जनसंख्याको कुल ६५ प्रतिशत हिस्सा अझै पनि बिमित हुन बाँकी नै रहको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ