sujim bazar advert

स्वास्थ्य बीमामा नुवाकोटको फड्को, ९९ हजार ८४९ जना नागरिक आबद्ध

डबली खबर     चैत्र २५, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

nuwakot health insurance
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

२५ चैत, नुवाकोट । नेपाल सरकारले “राज्यको लगानी, नागरिकको योगदान: स्वास्थ्य बीमा साझा अभियान” भन्ने मूल नाराका साथ सुरु गरेको राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम नुवाकोट जिल्लामा मिश्रित गतिमा अघि बढिरहेको छ।

स्वास्थ्य बीमा नुवाकोट शाखा कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्मको तथ्यांकले जिल्लाका नागरिकहरूमा बीमाप्रतिको आकर्षण क्रमिक रूपमा बढ्दै गएको देखाएतापनि अझै ठूलो सङ्ख्या पहुँच बाहिर रहेको देखिएको छ। प्रतिवेदनले जिल्लाका कुल परिवारमध्ये ४७ प्रतिशत मात्रै बीमामा आबद्ध भएको स्पष्ट पाईएको छ। कुल परिवार संख्या ६८ हजार ६४६ रहेकोमा हालसम्म ३१ हजार १३० परिवार मात्र स्वास्थ्य बीमाको दायरामा आएका छन्। झण्डै ५३ प्रतिशत परिवारहरू अझै पनि स्वास्थ्य बीमा बाहिर रहेको छ । गत आवको तुलनामा बीमा गर्ने परिवारको संख्यामा वार्षिक १४ प्रतिशतको औसत वृद्धि देखिनुलाई बीमा बोर्डले एक सकारात्मक संकेतका रूपमा लिईएको कार्यालयका दर्ता अधिकारी मिना अर्यालले बताईन् ।

नुवाकोटको कुल २ लाख ६३ हजार ३९१ जनसंख्यामध्ये ९१ हजार ९९२ जना नागरिक मात्र स्वास्थ्य बीमामा आबद्ध भएका थिए । पछिल्लो अध्यावधिक विवरण अनुसार चालुआर्थिक वर्षको चैत २४ गतेसम्म यो संख्या बढेर ९९ हजार ८४९ पुगेको छ। जनसंख्याको कुल ६५ प्रतिशत हिस्सा अझै पनि बिमित हुन बाँकी नै रहको छ।

नुवाकोटका १२ वटा पालिकाहरूमध्ये ककनी गाउँपालिका स्वास्थ्य बीमामा सबैभन्दा बढी सक्रिय देखिएको छ। ककनीका कुल परिवारमध्ये ७३.९ प्रतिशत परिवार बीमाको सुरक्षा घेराभित्र समेटिएका छन्। गाउँपालिकाले स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेर गरेका जनचेतनामूलक कार्यक्रमका कारण यहाँका नागरिकहरूमा बीमाप्रतिको बुझाइ अन्य पालिकाको तुलनामा उच्च पाइएको हो। साथै डम्पिङ साईट प्रभावित वडाहरुलाई काठमाडौँ महानगरपालिकाद्वारा योगदान रकम सहयोगले गर्दा पनि स्वास्थ्य बीमाको प्रभावकारिता देखिएको हो।

यसैगरी विदुर नगरपालिकाका ६३.६ प्रतिशत परिवारहरू स्वास्थ्य बीमामा आबद्ध भएका छन्। सहरी क्षेत्र र जनचेतनाको स्तर अलि बढी भएका कारण विदुर नगरपालिकामा बीमा कार्यक्रमको कार्यान्वयन प्रभावकारी देखिएको हो। नगरपालिकाले बिपन्न नागरिकहरुका ६७२ परिवारहरुका दुई हजार ६०० नागरिकहरुका स्वास्थ्य बीमा गरिदिएका थिए ।

यस्तै, दुप्चेश्वर गाउँपालिकामा स्वास्थ्य बीमामा न्यून आबद्धता भएकाले विशेष अभियान सञ्चालन गर्नुपर्ने र नवीकरण नहुने समस्यालाई सम्बोधन गर्नुपर्ने प्रतिवेदनले देखाएको छ ।

स्वास्थ्य बीमा बोर्डले लक्षित वर्गका लागि विशेष सुविधा समेत प्रदान गर्दै आएको छ। नुवाकोटमा ९६७ जना जेष्ठ नागरिक, अति अशक्त अपाङ्गता भएका व्यक्ति १०५ जना, एचआईभी सङ्क्रमण भएका ६ जना र क्षयरोगका बिरामी ३ जना रहेका छन्। गत आव २०८१/८२ मा नुवाकोटका १५ हजार ८८३ जना जेष्ठ नागरिक र ८६० जना महिला स्वास्थ्य स्वयंसेविकाले यो सेवा लिएका थिए। यसैगरी पूर्ण असक्त अपाङ्गता भएका व्यक्ति ६४२ जना, एचआईभी सङ्क्रमण भएका १०९ जना, कुष्ठरोगी २ जना र जटिल खालको क्षयरोगका बिरामी १३ जना उक्त सुविधा लिएका थिए ।

बिमितहरूको संख्या बढेसँगै निर्धारण गरिएका अस्पतालहरूमा बिरामीको चाप पनि सरदर बढेको छ । नुवाकोटमा त्रिशूली अस्पताल, खरानीटार अस्पताल, देउराली आधारभूत अस्पताल र ककनी आधारभूत अस्पतालहरूलाई सेवा प्रदायक संस्थाका रूपमा तोकिए तापनि सेवाको गुणस्तर र औषधिको उपलब्धतामा असहजता देखिएको जनाएको छ। नागरिकहरूले प्रेषण प्रणाली झन्झटिलो भएको र अस्पतालमा बीमा गरिएका औषधीहरू पर्याप्त नपाइने गुनासो गर्दै आएका छन् । जसको असर बीमा नवीकरण दरमा असर परेको प्रतिवेदनमा छ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top