+
Search

ताजा अपडेट +

पपुलर +

काफलगेडी ‘उत्कृष्ट सहकारी’

डबली खबर
३ हप्ता अगाडी

२० चैत, नुवाकोट । ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नुवाकोट जिल्लामा क्रियाशील सहकारी संस्थाहरूबीच उत्कृष्टता पहिचान गरिएको छ।

“उद्यमशीलता र पारदर्शिता: सहकारीको प्राथमिकता” भन्ने नारासहित आज मनाईएको समारोहमा बचत तथा ऋण सहकारी संस्थातर्फ उत्कृष्ट सहकारी संस्थाको रूपमा विदुर–९, डिहीबजारमा रहेको काफलगेडी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्मानित एवम् पुरस्कृत गरिएको छ।

कार्यक्रममा सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको नेतृत्व र योगदानलाई प्रशंसा गरिएको थियो।

जिल्ला समन्वय प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले उनलाई दोसल्ला ओढाई कदर पत्रले सम्मान गरेका हुन् ।

गत आव २०८१/०८२ मा विदुर नगरपालिकाबाट उत्कृष्ट सहकारीको रुपमा सम्मानित भएको सहकारीले करिब १५ करोडको कारोबार गरेको थियो।

यस्तै, बहुउद्देश्यीयतर्फ हाम्रो जय गणेश बहुउद्देश्यीय सहकारी संस्था लि.लाई सम्मान गरिएको छ।

जोशी ‘उत्कृष्ट व्यवस्थापक’

सहकारीमैत्री दौडमा मनिष श्रेष्ठ पहिलो

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ