+
Search

ताजा अपडेट +

पपुलर +

सोनियाको स्वर्णपदकसहित ह्याट्रिक

डबली खबर
४ हप्ता अगाडी

१७ चैत, नुवाकोट । म्यागङ गाउँपालिका–६ की १५ वर्षीया सोनिया तामाङले दोस्रो राइनो मुएथाई प्रतियोगितामा लगातार तेस्रो पटक प्रथम स्थान हासिल गर्दै ऐतिहासिक ह्याट्रिक सफलता प्राप्त गरेकी छिन् ।

चितवन राइनोज मुएथाईद्वारा आयोजित यस राष्ट्रियस्तरको प्रतियोगितामा सोनियाले आफ्नो अपराजित यात्रालाई कायमै राख्दै स्वर्ण पदक चुमेकी हुन् ।

नारायणगढमा गत चैत १३ र १४ गते सम्पन्न भएको उक्त प्रतिस्पर्धामा सोनियाले शारीरिक र मानसिक दुवै हिसाबले परिपक्वता प्रदर्शन गरेकी हुन् ।

प्रतियोगिताको फाइनलमा उनले आफूभन्दा ८ वर्ष जेठी २३ वर्षीया अनुभवी प्रतिद्वन्द्वी सपना गुरुङलाई पराजित गरेकी हुन् । उमेर र अनुभवको खाडललाई उछिन्दै सोनियाले रिङभित्र देखाएको चपलता र प्रहारले दर्शक तथा निर्णयकहरूलाई प्रभावित पारेको थियो।

उनी हाल काठमाडौंको ठूलो भर्‍याङस्थित ‘लायन मुवाँथाई फाइट क्लब’ मा आबद्ध छिन् ।

प्रशिक्षक अनिलराज शाक्यको विशेष मार्गदर्शनमा प्रशिक्षण लिई रहेकी सोनियाले छोटो समयमै मुएथाई खेलमा आफ्नो बलियो पकड बनाउन सफल भएकी हुन् । प्रशिक्षक शाक्यका अनुसार सोनियामा खेलप्रति असाधारण लगनशीलता र धैर्यता रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ