असोज २६, नुवाकोट । प्रशोधित पानीको मूल्यमा एकरुपता कायम गर्न सरकारले काठमाडौँ उपत्यका र बाहिरका लागि छुट्टाछुट्टै अधिकतम खुद्रा मूल्य निर्धारण गरेको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार अब उपत्यकाभित्र १ लिटर बोटलको १६ रुपैयाँ र २० लिटर जारको ४७ रुपैयाँ कायम गरिएको छ ।
उपत्यका बाहिरका लागि बोटलको २० रुपैयाँ र जारको ६० रुपैयाँ तोकिएको छ।
संसदीय उपसमितिको अध्ययनका आधारमा तय गरिएको यो मूल्यभन्दा बढी लिने विक्रेतालाई उपभोक्ता हित संरक्षण ऐन बमोजिम कारबाही गरिने चेतावनी दिँदै विभागले उपभोक्ताहरूलाई ठगिएमा तुरुन्त स्थानीय प्रशासन वा विभागमा सूचना दिन आग्रह गरेको छ।

प्रतिक्रिया