१८ फागुन, नुवाकोट । सदरमुकाम विदुरमा अवस्थित लक्ष्मीनारायण मन्दिरको वार्षिकोत्सव तथा यस वर्षको होली पर्वको अवसरमा स्थानीय बासिन्दाहरूको भव्य नाचगानसहित उल्लासमय कार्यक्रम सम्पन्न भएको छ।
मन्दिर वार्षिकोत्सवमा विधिवत पुजाआजा गरी मन्दिरको मूर्तिलाई रथ (खट) मा राखी पन्चेबाजासहित स्थानीय क्षेत्र परिक्रमा गराईएको थियो ।
रथ (खट) परिक्रमामा प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु केशवराज पाण्डे, जगदिश्वरनरसिंह केसी, अर्जुननरसिंह केसी, विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, २ नम्बरका वडाअध्यक्ष दीपक कायस्थ, ४ नम्बरका अध्यक्ष निलमबाबु ढुंगेललगायतले सहभागिता जनाएका थिए ।
होली पर्वको रौनकसँगै मन्दिरको वार्षिकोत्सवले धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाएको लक्ष्मीनारायण मन्दिर संरक्षण समितिका अध्यक्ष मनोरथ श्रेष्ठले बताए ।
मन्दिर परिसर रंग, संगीत र संस्कृतिको संगमस्थल बनेको थियो। विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, पारम्परिक बाजागाजा र उत्साहजनक सहभागिताले कार्यक्रमलाई अझै आकर्षक बनाएको थियो ।
प्रतिक्रिया