+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कालिका मालिका डाँडामा ‘तादीको पानी’

कालिका मालिका डाँडामा ‘तादीको पानी’
डबली खबर
२ महिना अगाडी

१ फागुन, विदुर । नुवाकोटको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र विदुर नगरपालिका वडा नं. २ स्थित नुवाकोट डाँडामा लामो समयदेखि रहेको खानेपानीको अभाव अन्ततः समाधान हुने भएको छ।

विदुर नगरपालिका र वडा कार्यालयको सक्रियतामा बागमती प्रदेश सरकारको क्रमागत बजेटबाट कालिका मालिका मन्दिर नजिक निर्माण गरिएको दुई लाख लिटर क्षमताको ट्यांकीमा लिफ़्तिङ विधिबाट पानी खसाल्ने परीक्षण सफल भएको हो । तादी खोला नुवाकोट दरबार क्षेत्र लिफ्ट खानेपानी आयोजनामा खानेपानी आयोजना ऐतिहासिक नुवाकोट दरबार खानेपानी उपभोक्ता समिति र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं. ६ को सहकार्य र प्राविधिक सहयोगमा भएको जनाएको छ ।

दरबार खानेपानी विस्तारको पहिलो चरण अन्तिम चरणमा

बिहीबार विदुर नपा-२ नम्बरका वडा अध्यक्ष दिपक कायस्थसहित सबै वडा सदस्यहरु, उपभोक्ता समितिलगायतले उक्त परीक्षणको अवलोकन गरेका हुन् ।

विज्ञानको उपलब्धिले गर्दा खानेपानी आयोजनाको निर्माणले नुवाकोट दरबार क्षेत्र र आसपासका बासिन्दाले भोग्दै आएको खानेपानीको सास्ती हट्ने वडा अध्यक्ष कायस्थ बताउँछन् ।

“१८ महिनाको सम्झौता गरेको टेण्डर १० महिनामै सम्पन्न भएर पानी झार्न सफल भएका छौँ,” उनले खुसी व्यक्त गर्दै भने, “वडामा निर्वाचित भएदेखि नै यहाँको खानेपानी समस्या समाधानलाई हामीले मुख्य एजेण्डा बनाएका थियौँ, जुन आज साकार भएको छ।” उनले विकास निर्माणमा समयमै काम सक्नुपर्ने सन्देश समेत यस आयोजनाले दिएको उल्लेख गरे ।

नियमित खानेपानी आपूर्तिको लागि अर्को चरणमा उपभोक्ता समितिमार्फत् छ सयभन्दा बढी घरधुरीमा खानेपानी वितरण गरिने वडा सदस्य रञ्जन थापामगरले बताए ।

लिफ्टिङ खानेपानी योजना शिलान्यास

यो खानेपानी आयोजनाले ऐतिहासिक साततले दरबार र प्रसिद्ध धार्मिकस्थलहरू रहेको यस क्षेत्रमा पानीको सहज उपलब्धता भएसँगै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयबासीलाई ठूलो राहत पुग्ने नगरपालिकाले अपेक्षा गरेको छ।

लिफ्ट खानेपानी बजेटको स्रोत सुनिश्चित

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ