+
Search

ताजा अपडेट +

पपुलर +

विश्व दृष्टि दिवसमा जेष्ठ नागरिकहरुको आँखा जाँच

free eye camp in world vision day 2025 in Nuwakot
डबली खबर
६ महिना अगाडी

२३ असोज, देवीघाट । विश्व दृष्टि दिवसको अवसरमा जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट र तिलगंगा सर्जिकल आँखा केन्द्र नुवाकोटको संयुक्त आयोजनामा जेष्ठ नागरिकको आँखा जाँच गरिएको छ ।

“आफ्नो आँखालाई माया गरौं” भन्ने मूल नाराका साथ विदुर नगरपालिका-५ मा रहेको देवीघाट जेष्ठ नागरिक संरक्षण तथा प्रतिष्ठानमा रहेका ३९ जना जेष्ठ नागरिकको आँखा जाँच गरिएको नेपाल रेडक्रस सोसाईटी नुवाकोटका सभापति तथा जिल्ला सामुदायिक आँखा केन्द्रका अध्यक्ष हरी श्रेष्ठले जानकारी दिए।

कार्यक्रममा सभापति श्रेष्ठले दृष्टि रहे सृष्टि रहने हुनाले आँखाको सुरक्षाका लागि सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

सामुदायिक आँखा केन्द्रका इञ्चार्ज ताराबहादुर वाइवाले आँखाको स्वास्थ्य सुरक्षा, हेरचार र केन्द्रले दिने सेवा सुविधाबारे जानकारी गराएका थिए ।

केन्द्रका इञ्चार्ज वाइवासहितको प्राविधिक टोलीबाट आश्रममा आश्रित जेष्ठ नागरिकहरूको नि:शुल्क आँखा जाँच, मोतियाबिन्दुको पहिचान तथा आवश्यक औषधि वितरण गरिएको छ । आँखा जाँच गरिएका चार जना बिरामीहरुको आँखामा समस्या रहेकोले थप उपचारको लागि सामुदायिक आँखा केन्द्रमा रिफर गरिएको छ ।

केन्द्रले स्थापनाकालदेखि एकलाख ८५ हजार ९८ जना आँखाका बिरामीहरुको जाँच गरेको तथ्यांकमा छ । नुवाकोट जिल्लामा सञ्चालित विभिन्न शिविरमा एक लाख सात हजार २८९ जना, विद्यालयगत २३ हजार ५६९ जना विद्यार्थीहरु र दुर सेवा अर्थात् टेलिमेडिसिन सेवाबाट ५४२ जना आँखाका बिरामीहरुको आँखा परीक्षण गरिएको छ।

यस्तै केन्द्रमार्फत् मोतियाबिन्दु भएका छ हजार ५०२ जना आँखाका बिरामीहरुको शल्यक्रिया गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ