१३ भदौ, काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ‘भिभो भि६०’ सार्वजनिक गरेको छ।
शुक्रबार एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको यो फोनमा जाइस् प्रविधिको क्यामरा, आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शन रहेको कम्पनीले जनाएको छ।
मोबाईलको प्रमुख विशेषताहरू फोनमा जाइस् अप्टिकल स्ट्यान्डर्ड अनुसार बनेको ५० मेगापिक्सेलको जाइस् सुपर टेलिफोटो क्यामरा छ। यसले टाढाबाट पनि स्पष्ट तस्बिर लिन सहयोग गर्छ। साथै, एआई इमेज स्टुडियो, ५० मेगापिक्सेलको मुख्य क्यामरा र अल्ट्रा वाइड–एङ्गल क्यामरा लगायतका सुविधाहरू पनि छन्।
यसैगरी मोबाईलमा क्वालकम स्न्यापड्र्यागन ७ जेन ४ चिपसेट र १२ + १२ जिबीको विस्तारित र्याम रहेको छ। यसमा रहेको ६५०० एमएएच ब्याट्रीलाई ९० वाट फ्ल्यास चार्ज प्रविधिले छिटो चार्ज गर्न सक्छ।
भि६० मा स्लिम बेजलसहितको क्वाड–कर्व डिस्प्ले र डाइमण्ड शिल्ड ग्लास प्रयोग गरिएको छ। यो फोन धुलो र पानी प्रतिरोधी (IP६८/६९ रेटिङ) पनि छ।

प्रतिक्रिया