+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूलीमा असार ११ देखि भेट्रान कप फुटबल हुने

Football in ground
डबली खबर
१० महिना अगाडी

५ असार, नुवाकोट । त्रिशूलीमा आगामी बुधबारदेखि प्रथम अन्तर वडास्तरिय भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।

त्रिभूवन त्रिशूली माध्यमिक विद्यालयको आयोजनामा असार ११ गतेदेखि सो प्रतियोगिता हुन लागेको हो ।

विदुर नगरपालिका वडा नं १ को संरक्षकत्वमा हुने प्रतियोगितामा विदुर नगरपालिकाका १३ वटै वडा समुहले सहभागिता जनाउन सकिने संयोजक अनिल पाण्डेले जानकारी दिए ।

प्रतियोगिताका विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता विदुर नगरपालिकाको लगानीमा निर्माणाधिन मिनी रङ्गशाला विद्यालयको आफ्नै खेलमैदानमा हुने छ ।

प्रतियोगितामा समूह दर्ता शुल्क पाँच हजार लाग्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ