३० जेठ, नुवाकोट । जारी प्रथम विदुर मेयर कप अन्तर वडास्तरीय टि-२० क्रिकेट प्रतियोगितामा विदुर नगरपालिका वडा नम्बर ३ ले शानदार जित हासिल गरेको छ ।
आज बिहान भएको खेलमा विदुर-३ ले विदुर-२ लाई १२९ रनले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।
विदुर ३ ले टस जितेर पहिलो ब्याटिङ गर्दै २२२ रनको लक्ष्य दिएको थियो । उक्त टिमका दिनेश सुवेदीको विस्फोटक ९७ रन बनाए । उनले जसमा ११ चौका र ७ छक्का बनाए ।
यस्तै, विदुर-३ का राजेश रिमालले ४८ रन र श्रीतेश राईको २३ रन योगदान गरे ।
जवाफमा विदुर-२ निर्धारित लक्ष्य १९.५ ओभरमै ९३ रनमा सीमित भए । आषुतोष पाण्डेले २४ रन बनाए ।
बलिङमा विदुर-३ को राजेश रिमाल र विधान खतिवडाले २-२ विकेट लिए ।

प्रतिक्रिया