+
Search

ताजा अपडेट +

पपुलर +

मेयर कप क्रिकेटमा वडा नं. ४ को जीत

bidur ward no 4 cricket team
डबली खबर
१ साल अगाडी

३० जेठ, नुवाकोट । जारी प्रथम विदुर मेयर कप वडास्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. ४ विजयी भएको छ । यस जीततसँगै सी ग्रुपको शिर्ष स्थानमा वडा नं. ४ रहेको छ ।

पिपलटार रङ्गशालामा आज भएको खेलमा वडा नं. ४ ले वडा नं. ५ लाई डर्कवर्थ लेविसको नियमको आधारमा १० विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको वडा नं. ५ का विनोद श्रेष्ठको सर्वाधिक ३८ रनको मद्दतले १८ ओभरमा सबै विकेट गुमाई ८९ रन बनाएका थिए । वडा नं. ४ का तर्फबाट बलिङमा किशोर अर्याल, संगित रञ्‍जित र विकास लामिछानेले २/२ विकेट लिगेका थिए ।

दोस्रो इनिङ सुरु हुनु पूर्वनै बर्षा भएपछि केहि समय रोकिएको खेलमा डकवर्थ लेविस नियमानुसार विदुर-४ ले निर्धारित १० ओभरमा ५३ रनको आवश्यक परेकामा निर्धारित लक्ष्य ५ ओभरमै विना विकेटको क्षतिमा ५८ रन बनाई जित हासिल गरेको हो ।

निकैनै आक्रामक ब्याटिङ गरेका वडा नंं. ४ का विकेट किपर ब्याट्सम्यान प्रविन केसिले १५ बलमा ५ छक्का १ चौकाको मद्धतले ३८ रन बनाए ।

अर्का ब्याट्सम्यान रोशनकुमार खड्काले १० रन बनाउन सफल भएका छन् ।

खेलको म्यान अफ द म्याच वडा नं. ४ का प्रविन केसी घोषित भएका छन् ।

वडा नं. ४ ले यहि असार १ गते दिउँसो २ बजे विदुर नगरपालिका वडा नं. ९ बिच खेल्नेछ ।

प्रतियोगितामा नगरका ११ वटा वडाको टिमको सहभागिता जनाएको छ । 

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ