+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मुख्यमन्त्रीकप महिला फुटबल प्रतियोगिता हुँदै

मुख्यमन्त्रीकप महिला फुटबल प्रतियोगिता हुँदै
डबली खबर
११ महिना अगाडी

९ वैशाख, नुवाकोट । नुवाकोट जिल्ला खेलकुद विकास समितिको आयोजनमा बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा यहि वैशाख १३ गतेदेखि २० गतेसम्म महिला फुटबल प्रतियोगिता हुने नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।

प्रतियोगिताका विजेता र उपविजेता ५ लाख र दुई लाख ५० हजार नगद पुरस्कारसहित शिल्ड, तक्मा र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सबै खेलको म्यान अफ द म्याच खेलाडीले पाँच हजार रुपैँया पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट खेलाडिलाई १० हजार रुपैँया नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

नुवाकोट जिल्ला फुटबल संघ आयोजक र विदुर नगरपालिका संरक्षक रहेको प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको विभागिय समुहका साथै बागमती र सर्लाहीसहित आठ समुहको सहभागिता रहने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ