+
Search

ताजा अपडेट +

पपुलर +

बुद्धिचाल प्रतियोगिता: सबै शीर्ष खेलाडीहरुको जीत दर्ता

first mayor cup chess champion in Nuwakot
डबली खबर
१ साल अगाडी

६ फागुन, ढुंगे । जारी प्रथम मेयरकप बुद्धिचाल (चेस) प्रतियोगिता पहिलो दिन सबै शीर्ष खेलाडीहरुले जीत दर्ता गरेका छन् ।

नुवाकोट जिल्ला बुद्धिचाल सङ्घको आयोजनामा मंगलबारदेखि सुरु भएको क्लासिकल विधाको चेस प्रतियोगितामा सिएम शुश्रुत दहालले स्थानीय बिनोद तिमल्सिना माथि कठिन विजय प्राप्त गरेका छन् ।

खेलमा आशिष फूँयाल, तीनपटकका नेपाल च्याम्पियन बद्रीलाल नेपाली, पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकार, धिरेन राई, हर्कबहादुर चोङ्वाङ, सक्सेस श्रेष्ठ, सानुराज बज्राचार्यले सहज जीत प्राप्त गर्दै १/१ अंक जोडेका छन् ।

यस्तै, आयोजक नुवाकोट जिल्ला सङ्घका अध्यक्ष प्रकाश जोशी, जेनिश घिमिरे, सिएम पुरुषोत्तम चौलागाईं, बुद्धिचाल डट कम सञ्चालन सुशील चौधरी, प्रेमकृष्ण महर्जन, राजन पुरी, मुहान नरसिंह श्रेष्ठ, एक्स मार्सल, मिशन दहाल, सुरेन्द्र लामा, सुशील सुवेदीले प्रतिद्वन्द्वीलाई पाखा लगाएका छन् ।

यसैगरी भारतका आशुतोष कुमार, अर्मान सिद्दक्यू, इकबाल मज, मोहित कुमार सोनी, प्रखर त्रिपाठी, विनायक सिं यादव, आभाष कुमार श्रीवास्तबले पनि आफ्नो पक्षमा खेल पारेका छन् । 

महिलातर्फ नेशनल बी च्याम्पियन बिनिता कपाली, भारतका प्रकाश वैष्णवी, शान्ति धिमालले पहिलो जीत प्राप्त गरेका छन् । 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ