+
Search

ताजा अपडेट +

पपुलर +

‘रन फर पृथ्वी’मा मनिष प्रथम

डबली खबर
१ साल अगाडी

२५ पुस, नुवाकोट । ‘रन फर पृथ्वी’ दौड प्रतियोगितामा मनिष श्रेष्ठ प्रथम भएको छ ।

दुईहजार पाँच सय मिटरको खुला दौड प्रतियोगितामा श्रेष्ठले ८ मिनेट १५ सेकेण्डमा दौड पुरा गरी प्रथम भएको हो ।

प्रतियोगितामा रोशन शाही द्वितिय र सञ्जोग कोइराला तृतीय भएका छन् । शाहीले ८ मिनेट १९ सेकेण्ड र कोइरालाले ८ मिनेट २५ सेकण्डमा दौड पुरा गरेको थियो ।

विजेताहरुले क्रमश: ५ हजार, ३ हजार र १ हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै, प्रतियोगितामा सोनु घतानीले सान्त्वना स्थान हासिल गरिन् । घतानीले ८ मिनेट ४४ सेकेण्डमा दौड पुरा गरिन् ।

कार्यक्रममा सहभागिहरुलाई नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले प्रमाणपत्र वितरण गरेका छन् ।

पृथ्वी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा विदुर सिटि युथ क्लब र विदुर युवा रेडक्रस सर्कलको सहकार्य रहेको विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेले जानकारी दिए । विजेताहरुलाई यहि पुस २८ गते हुने स्वर्ण महोत्सवको समापन कार्यक्रममा पुरस्कार प्रदान गरिने प्रधानाध्यापक लामिछानेले जानकारी दिए ।

प्रतियोगितामा हुलास स्टील, त्रिशूली अस्पताल, नेपाल प्रहरी, जिल्ला ट्राफिक प्रहरी, विदुर कर परामर्श सेवाको सहयोग रहेको विदुर सिटि युथ क्लबका अध्यक्ष तथा प्रतियोगिता कार्यक्रम संयोजक सुनिल श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा दुई महिला र २७ पुरुषको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ