पुस २३, नुवाकोट । रासायनिक मलकाे काेटा वृद्धि गर्न कृषि मन्त्री रामनाथ अधिकारीलाई कृषिसँग सम्बन्धित समस्याहरुको समाधानका लागि ध्यानाकर्षण गराएकाे छ ।
सोमबार संविधान सभा सदस्य जगदिश्वरनरसिंह केसीसहित बेलकाेटगढी नगरपालिकाका जनप्रतिनिधिहरुको टोलीले साेमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय पुगेर मन्त्री अधिकारीलाई ध्यानाकर्षण गराएकाे हो ।
जिल्लामा कृषि मल अभाव भई उत्पादनमा ह्रास आउने स्थितिको सिर्जना भएको हुँदा उक्त समस्या निराकरणको निमित थप कोटा वृद्वी गर्दै उत्पादन उन्मुख बालीको संरक्षण गर्नुहुन कृषिमन्त्रीलाई ध्यानाकर्षण गराएको केसीले बताए ।
भेटमा नुवाकोटको उत्पादन वृद्धिले राजधानीको मागलाई समेत धान्ने हुदाँ समयमा आवश्यक मलखादको उचित प्रबन्ध गर्न आग्रह गरिएको बेलकाेटगढी नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहालले बताए ।
नगरपालिकाका लागि यस अघि निर्धारित रासायनिक मलको काेटा अव्यवहारिक भएकाले त्यसमा पुनर्विचार गर्न समेत आग्रह गरिएकाे उपप्रमुख दाहालले जानकारी दिए ।

प्रतिक्रिया