११ पुस, नुवाकोट । दुप्चेश्वर गाउँपालिका वडा नं २ कडेनीमा किवीको जाम र वाईन उत्पादनको परीक्षण गरिएको छ ।
बिहिबार कडेनीमा किवी फलबाट मूल्य श्रृङखला अभिवृद्धि गरी जाम तथा वाईन उत्पादन गरि सफल परीक्षण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण देवकोटाले जानकारी दिए ।
पोष्ट हार्भेष्ट मूल्य श्रृङखला अभिवृद्धि किवीको जाम तथा वाईन उत्पादन तालिम अन्तर्गत उत्पादित किवी मध्ये ग्रेडिङ गरी बजारमा बिक्री वितरणको लागि अनुपयुक्त रहेको किवीबाट सो परीक्षण गरिएको हो ।
प्रशोधन उद्योग अभावमा कृषकले उत्पादन गरेका फलफूल यसअघिसम्म विना उपयोग खेर जाने गरेको थियो ।
जिल्लामा पछिल्लो समय बढी किबी उत्पादन हुन थालेको छ । कृषकले उत्पादन गरेका किबी स्थानीय बजार र बाहिरी जिल्लासमेत निर्यात हुँदै आएको छ ।
प्रतिक्रिया