+
Search

ताजा अपडेट +

पपुलर +

एनयुएफसी फुटबल प्रतियोगिता हुने

nuwakot united football club
डबली खबर
१ साल अगाडी

विदुर – नुवाकोटमा चौथौँ संस्करणको फुटबल प्रतियोगिता यही पुस १ देखि बट्टारमा हुने भएको छ ।

नुवाकोट युनाईटेड फुटबल क्लबको आयोजना हुने अन्तर विद्यालय जिल्लास्तरीय प्रतियोगितामा छात्र र छात्रा दुई विधामा प्रतियोगिता गरिन लागिएको क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।

सहभागिताको लागि विद्यालयले विद्यार्थीको इमिस कोडसहित मङ्सिर २७ गतेसम्म समुह दर्ता गराउनुपर्ने जनाएको छ ।

प्रतियोगितामा सहभागि जनाउन छात्र समुहको लागि ६ हजार र छात्राको लागि ४ हजार रुपैँया दर्ता शुल्क तोकिएको छ । दर्ता शुल्क क्लबको प्रभु बैंकमा रहेको खातामा समेत राख्न सकिने व्यवस्था छ ।

प्रतियोगिताको विजेता र उपविजेताले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । विजेताले छात्रतर्फ ३० हजार र छात्रातर्फ १५ हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्तै, उपविजेता छात्रतर्फ १५ हजार र छात्रातर्फ ७ हजार ५०० रुपैँया नगद पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, स्कोरर र उत्कृष्ट प्रशिक्षकले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ