+
Search

ताजा अपडेट +

पपुलर +

खेलकुद महासंघको अध्यक्षमा श्रेष्ठ

Nepal sports committee nuwakot cpnuml
डबली खबर
१ साल अगाडी

बट्टार – नेपाल खेलकुद महासङ्घ जिल्ला कार्यसमिति नुवाकोटको अध्यक्षमा राजन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

मंगलवार भएको प्रथम जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

महासङ्घको उपाध्यक्षमा श्रीकृष्ण श्रेष्ठ र हरिकृष्ण क्षेत्री, सचिवमा महेश बखती र कोषाध्यक्षमा सरोज डंगोल चयन भएका छन् ।

त्यस्तै, उपसचिवमा रञ्‍जित तामाङ र सोवर्ण तामाङ चयन भएका छन् ।

कार्यक्रममा नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले संसार जित्ने विधा भनेको खेलकुद रहेकोले खेल लाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले देशलाई फुटाउने होइन जोड्ने जुटाउनेहरुको आवश्यक रहेको बताए ।

निर्वाचित पदाधिकारी र सदस्यहरुलाई नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष बस्नेतले सपथ ग्रहण र ओहोदाको प्रमाणपत्र प्रदान गरेका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ