+
Search

ताजा अपडेट +

पपुलर +

आज फाईनलमा वनदेवीविरूद्ध बट्टार

nuwakot district league football 2081
डबली खबर
२ साल अगाडी

विदुर – नुवाकोट जिल्लास्तरीय लिग छनौट नकआउट फुटबल प्रतियोगिताको फाईनलमा वनदेवी युवा क्लब र बट्टार युथ क्लब भिड्दै छ ।

आज बुधबार दिउँसो २ बजेर ३० मिनेटमा बट्टार खेल मैदानमा फाईनलमा उपाधीको लागि दुवै क्लब खेल्नेछन् ।

सेमिफाईनल खेलमा वनदेवीले न्यू इनारपाटी युवा क्लबलाई टाईब्रेकरमा ४-३ गोल अन्तरले हराउँदै वनदेवी फाइनल प्रवेश गरेको हो ।

यस्तै, बट्टारले पिपलटार फुटबल क्बललाई ३-२ गोलअन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।

नुवाकोट फुटबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका विभिन्न १० क्लबहरुको सहभागिता रहेको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ