+
Search

ताजा अपडेट +

पपुलर +

प्रथम अन्तरविद्यालय टेबल टेनिस भाद्र १ गतेदेखि

‌interschool tabletenis tournament in nuwakot
डबली खबर
२ साल अगाडी

विदुर – नुवाकोट टेबल टेनिस संघको आयोजनामा अन्तर विद्यालयस्तरीय टेबल टेनिस प्रतियोगिता भाद्र १ गतेदेखि हुने भएको छ ।

जिल्लाका सामुदायिक र निजी विद्यालयका खेलाडीको सहभागिता रहने प्रतियोगिताका संयोजक सन्तोष थापाले जानकारी दिए ।

दुई दिवसीय प्रतियोगितामा १६ वर्ष मुनिका विद्यार्थीले सहभागी हुन पाउने छन् । सहभागिताको लागि ९८१८३८६९३७ र ९७४४२४२८३१ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

बट्टार कभर्ड हलमा हुने प्रतियोगिताका विजेताले ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् ।

विदुर नगरपालिका, नेपाल टेबल टेनिस संघ, नुवाकोट जिल्ला खेलकुद विकास समितिको समन्वय हुने प्रतियोगिताबाट जिल्लामा टेबलटेनिसका खेलाडी उत्पादन गर्न सहयोग पुग्ने संघले अपेक्षा लिईएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ