+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा बुधबारदेखि जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता

chandrajyoti taekwondo dojang nuwakot
डबली खबर
४ साल अगाडी

विदुर – चन्द्रज्योति तेक्वान्दो डोजाङको आयोजनामा बुधबारदेखि नुवाकोटमा प्रथम चन्द्रज्योति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता विदुर–५ स्थित चन्द्रज्योति माध्यमिक विद्यालय प्राङ्गणमा सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन संघीय सांसद तथा नेपाली काङ्ग्रेसका नेता बहादुरसिं लामाले गरेका हुन् ।

समारोह सम्बोधन गर्दै नेता लामाले खेलले नुवाकोट जिल्लाको मात्र नभई देशकै नाम विश्वमा राख्न सकिने भएकोले खेल महत्वपूर्ण रहेको बताए । खेलबाट कुलतबाट पनि जोगिने भएकोले पनि उत्तिकै महत्वपूर्ण रहेको उनले बताए ।

प्रतियोगितामा नुवाकोट र रसुवाका १७ तेक्वान्दो डोजाङका १४९ खेलाडीहरु सहभागी रहेको प्रशिक्षक हरिहर पाण्डेले जानकारी दिए ।

प्रतियोगिता पुरुष र महिला समूहमा विभाजन गरेर खेलाइएको छ ।

नुवाकोट तेक्वान्दो संघको सहकार्यमा भएको जिल्लास्तरीय प्रतियोगिता आज र भोलि बिहिबार दुई दिन सञ्चालन हुनेछ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ