विदुर – पछिल्लो २४ घण्टामा नुवाकोटमा दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार १० वटा नमूना एन्टीजेन परीक्षण मात्र गर्दा ती संक्रमित थपिएका हुन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पञ्चकन्या गाउँपालिकाका दुई महिलाको नमूना एन्टीजेन परीक्षणबाट पोजेटिभ देखिएको हो।
हालसम्म जिल्लामा १३० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिएका छन् ।
नुवाकोटमा पहिलो र दोस्रो भेरियन्ट गरी कूल आठ हजार ९१ कोरोनाभाइरस संक्रमित भएकोमा ४७ जनाले ज्यान गुमाएका छन् । हाल होम आइसोलेशनमा १०८ जना, संस्थागत आइसोलेशनमा १० र अस्पतालमा १२ जना रहेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया