विदुर – पछिल्लो २४ घण्टामा थप ९१ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म ७ हजार १४३ जना कोरोनारोगबाट निको भएका छन् ।
स्वास्थ्य कार्यालयको अनुसार शुक्रबार पुरुष १९ र महिला १८ जना गरी ३७ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४७२ पुगेको छ ।
सङ्क्रमित हुनेमा विदुर नगरपालिकामा २३ जना, तादीका ४ जना, सुर्यगढ़ी र लिखुका ३/३ जना, किस्पाङका २ जना, बेलकोटगढी र शिवपुरीका १/१ जना गरी ३७ जना नयाँ सक्रमित थपिएको स्वास्थ्य कार्यालय नुवाकोटको सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए ।
अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ७ हजार ६५८ जना पुगेको छ भने ४३ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया