+
Search

ताजा अपडेट +

पपुलर +

कर तिर्ने मिति तोक्यो

Inland Revenue Department
डबली खबर
४ साल अगाडी

काठमाडौं – सरकारले व्यावसायीहरुलाई कर तिर्ने मिति तोकेको छ । सर्वोच्च अदालतले कर असुल गर्न बाटो खुला गरेसँगै आन्तरिक राजस्व विभागले कर तिर्ने मिति तोकेको हो।

विभागले बैशाख, जेठ र असार महिनाको कर तथा विवरण असार २५ गतेसम्म तिर्दा कुनै जरिवाना नलाग्ने सूचनामा उल्लेख गरेको छ।

विभागले सबैखाले कर तथा विवरण असार २५ गतेसम्म बुझाउँदा जरिवाना नलाग्ने बताएको छ।

सुचनाअनुसार बैशाख महिनामो मूल्य अभिवृद्धि कर (भ्याट) विवरण असार २५ गतेसम्म बुझाउँदा हुनेछ। यस्तै आयकर अन्तशुल्क तिर्ने म्याद पनि असार २५ गते नै तोकिएको छ।

यसैगरी गैरकर शिर्षकको कर तथा विवरण पनि असार २५ गतेभित्र तिर्दा जरिवाना लाग्दैन । यदी यो मिति भन्दा पछि बुझाएमा विभागले जरिवाना तथा ब्याज हर्जना लगाउन सक्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ