+
Search

ताजा अपडेट +

पपुलर +

थप ८३ सङ्क्रमणमुक्त, ७६ सङ्क्रमित थपियो

covid19 lab of trishuli hospital nuwakot
डबली खबर
४ साल अगाडी

नुवाकोट – पछिल्लो २४ घण्टामा थप ८३ जनामा कोरोनाभाइरस संक्रमणबाट मुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ। योसंगै निको हुनेको संख्या २ हजार ८२५ पुगेको छ।

शनिबार एकैपटक ८३ जना कोरोना सङ्क्रमित निको भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले बताए ।

यस्तै, पछिल्लो २४ घण्टामा ७६ जना नयाँ सङ्क्रमित थपिएको छ । १४२ जनाको नमूना पीसीआर र १९५ जनाको एन्टीजेन परीक्षणमा ४४ पुरुष र ३२ जना महिलामा संक्रमण देखिएको हो ।

कार्यालयकाअनुसार सक्रिय संक्रमितको संख्या ९४४ रहेको छ। जिल्लामा कोरोनाबाट सङ्क्रमित हुनेमा २ हजार ४२२ पुरुष र महिला १ हजार ३७३ जना गरी कुल सङ्क्रमितको सङ्ख्या ३ हजार ७९५ पुगेको छ ।

हाल जिल्लाभरका अस्पतालमा ३३ जना, स्थानीय तहले निर्माण गरेको क्वारिन्टिनमा ७२ जना र ८३९ जना होम आईसोलेसनमा रहेका छन् ।

अहिलेसम्म नुवाकोटमा कोरोनाभाइरस रोगबाट २६ जनाको ज्यान गएको छ भने १५ हजार ९६० जनाको पिसीआर परीक्षण गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ