+
Search

ताजा अपडेट +

पपुलर +

यशोदादेवी ट्रष्टको संयोजनमा ब्यवसायीले अक्सिजनसहितको दुईहजार सिलिण्डिर उपलब्ध गराउने

yashodadevi fund donate to oxygen cylinder in Nuakot HealthPost
डबली खबर
४ साल अगाडी

नुवाकोट – नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको संरक्षकत्वमा रहेको यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टको संयोजनमा व्यवसायीहरुले नुवाकोटका विभिन्न स्वास्थ्य संस्थालाई ठूलो परिमाणमा अक्सिजनसहितको सिलिण्डर उपलब्ध गराउने भएका छन् ।

बिहिबार काठमाडौं गोंगबुस्थित नेता केसीको निवास पुगेका व्यवसायीहरुले ट्रष्टका अध्यक्ष डाक्टर केदारनरसिंह केसीसमेतको उपस्थितीमा नुवाकोटका तीन स्वास्थ्य केन्द्र र नेपाली काँग्रेस पार्टी कार्यालय भवनमा स्थापना गरिएको आइसोलेसन सेन्टरलाई दुई महिनासम्म आवश्यकता अनुसार ७ लाख ५० हजार मूल्य बराबरको दुईहजार अक्सिजन सिलिण्डर उपलब्ध गराउने घोषणा गरेका हुन् ।

त्यसक्रममा ट्रष्टका महासचिव एवं नुवाकोट काँग्रेसका सभापति जगदीश्वरनरसिंह केसी र ककनीमा रहेको हाम्रो अक्सिजन ग्यास उद्योग प्रालिका पूर्व अध्यक्ष तथा नेपाली काँग्रेस बेलकोटगढी काठमाडौं सम्पर्क समितिका सभापति श्याम ढुंगाना, अक्सिजन ग्यास उद्योगका संचालक मधुसुदन पाण्डे, दिनेश ढकाल, नेपाली कांग्रेस लिखु काठमाडौं सम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष एवं ग्यास उद्योगका संचालक ठाकुरप्रसाद लामिछानबिच अक्सिजन सिलिण्डरको उपलब्धता र बितरण संबन्धि सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ ।


महासचिव केसीका अनुसार प्राप्त अक्सिजन सिलिण्डरहरु आवश्यकता हेरी खरानीटार अस्पताल देउराली र ककनी प्राथमिक स्वास्थ्य केन्द्र तथा विदुरस्थित कांग्रेस पार्टी कार्यालयमा स्थापना गरिएको आइसोलेसन सेन्टरलाई उपलब्ध गराईनेछ । यसअघि ट्रष्टको संयोजनमा त्रिशूली अस्पतालका कोरोना संक्रमित बिरामी र स्वास्थ्यकर्मीहरुका लागि निःशुल्क खानाको प्रबन्ध भईसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ