+
Search

ताजा अपडेट +

पपुलर +

नेपाली काँग्रेसको समन्वयमा उपचाररत संक्रमित र स्वास्थ्यकर्मीहरुलाई खानाको ब्यवस्थापन

nepali congress nuwakot office building
डबली खबर
४ साल अगाडी

नुवाकोट – नेपाली काँग्रेस नुवाकोटको समन्वय र सभापति जगदीश्वरनरसिंह केसीको पहलमा ओम आदी फाउण्डेशन र यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रष्टले नुवाकोट र काठमाडौंमा कोरोना संक्रमित भई अस्पतालमा उपचाररत बिरामी र स्वास्थ्यकर्मीहरुका लागि निःशुल्क खानाको ब्यवस्थापन गरेको छ ।

अस्पतालमा कोरोना संक्रमितहरुको अत्यधिक चाप बढ्दै गर्दा स्रोतको अपर्याप्ताका कारण बिरामीहरुलाई खाना खुवाउने स्रोतको समेत अभाव झेल्दै आएको नुवाकोटको त्रिशूली अस्पतालमा उपचाररत बिरामीहरुका साथै उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुका लागि अस्पताल परिसरमै आईतबारबाट खानाको ब्यवस्थापन गरिएको हो । त्रिशूली अस्पतालमा तत्कालका लागि एक महिनासम्मको लागि तोकिएको मापदण्ड र पौष्टिक तत्वयुक्त खानाको ब्यवस्थापन भएको र काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत बिरामीहरुका लागि पनि सोही अनुसारको ब्यवस्थापन गरिएको सभापति केसीले जानकारी दिए ।

यसका लागि अस्पताल व्यवस्थापन मार्फत अस्पताल भित्रै क्यान्टिन तयार गरी खाना खुवाउने र त्यसबापतको खर्च साप्ताहिक रूपमा भुक्तानी गरिँदै जाने फाउन्डेसनले जनाएको छ । विपदको समयमा जहाँबाट जे सकिन्छ त्यही योगदान गर्ने अभियानमा सहकार्य गर्ने ओम आदि फाउन्डेसन र यशोदा देवी भगवान सिंह केसी मेमोरियल ट्रस्टलाई धन्यवाद दिँदै नुवाकोट काँग्रेसले कोरोना बिरुद्धको अभियानमा जुट्न सबैलाई आव्हान समेत गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ