+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशुली अस्पताललाई दुईथान भेन्टिलेटर हस्तान्तरण

bidur municipality mayor sanju pandit vantilator handover to trishuli hospital
डबली खबर
४ साल अगाडी

नुवाकोट – विदुर नगरपालिकाले कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई मध्येनजर गर्दै शनिबार दुईथान भेन्टिलेटर जिल्ला अस्पताल त्रिशुलीलाई हस्तान्तरण गरिएकाे छ ।

विश्वभर फैलिएको महामारिसंगै जिल्लामा दिनप्रतिदिन कोरोनाका विरामीहरुको चाप बढ्दै गएका कारण हाल दुईथान भेन्टिलेटर अपुग भएको जानकारी जिल्ला अस्पतालले गराए पश्चात तत्काल निरीक्षणमा पुगेका विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बिरामीहरुको सहजताका लागि अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपानेलाई दुई थान भेन्टिलेटर दुईथान भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

कोभिड–१९ को संक्रमणले बिरामीहरु दैनिकरुपमा बढीरहेको कारण भेन्टिलेटरमा राख्न पर्ने अवस्था धेरै नै देखिएको हुनाले भेन्टिलेटर आवश्यक भएको भन्ने सुचना प्राप्त हुदाँ तत्काल नगरपालिकाबाट भेन्टिलेटर खरिद गर्ने प्रक्रिया सुरु गरिएएकाे दुई दिनमै हस्तान्तरण गर्न पाउँदा काेराेनाका विमारीहरुलाई सहज हने विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले जानकारी दिए । मेयर पण्डितका अनुसार करिब रु५५ लाख ९३ हजार पाँच सय रूपैयाँ मूल्य बराबरको दुईथान भेन्टिलेटर अस्पतालमा रहेकै मापदण्ड र उहीँ कम्पनीको खरिद गरिएकाे समेत उनले बताए ।

“आफनो जिल्लाबासि लगायत छिमेकी जिल्ला रसुवा र धादिङका बिरामीहरु उपचारका लागि आउने हुनाले कोही पनि कोरोनाका बिरामीहरु अक्सिजन र भेन्टिलेटरको अभावले कसैलेपनि ज्यान गुमाउन नपरोस भन्ने मुख्य उदेश्यले भेन्टिलेटर उपलब्ध गरिएको हो”, उनले भने “त्रिशुली अस्पताल लगाएत स्वास्थ्य संस्थाहरुमा पनि भेन्टिलेटर र अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीको अभाव हुन नदिन विदुर नगरपालिका सधै कटिबद्ध छौं ।”

त्रिशूली अस्पतालमा शनिवार प्राप्त दुईसहित ६ वटा भेन्टिलेटरको उपलब्धतासँगै अब नुवाकोट, रसुवा र धादिङका बिरामीहरुको जीवनरक्षामा महत्वपूर्ण उपलब्धि हासिल हुने अस्पतालको बिश्वास छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ