+
Search

ताजा अपडेट +

पपुलर +

पञ्चकन्या गाउँपालिकाद्वारा एफएम रेडियो सञ्चालन गरिने

डबली खबर
६ साल अगाडी

नुवाकोट – पञ्चकन्या गाउँपालिकाको नवौं गाउँसभाबाट रेडियो सञ्चालन तथा विकास पत्रकारिता पुरस्कार घोषणाको नीति तथा कार्यक्रम पारित गरेको छ ।

मङ्गलबार सम्पन्न गाउँसभाबाट पालिका क्षेत्रभित्रका कार्य योजना तथा गतिविधिहरु पालिकाबासी बीच पुर्‍याउन आफ्नै एफएम रेडियो सञ्चालन गर्न घोषणा गरेको छ ।

गाउँसभाबाट पालिका क्षेत्रभित्रका विकास निर्माण कार्य योजना तथा गतिविधिहरुको सूचना तथा जानकारी पालिकावासीहरु माझ पुर्‍याउन समाचार लेखन मार्फत् महत्वपूर्ण योगदान पुर्‍याउने जिल्लाका एकजना पत्रकारलाई विकास पत्रकारीता पुरस्कारबाट पुरस्कृत गर्ने भएको पालिका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिएका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ