sujim bazar advert

नुवाकोट छैठौँ स्थानमा

डबली खबर     पुस १६, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

DAO Nuwakot Office Building
Big Education Consultancy Nuwakot
global ime bank flash loan

१६ पुस, विदुर । गृह मन्त्रालयद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकको कार्य सम्पादन प्रगति विवरण नतिजा अनुसार नुवाकोट जिल्ला ‘ख’ वर्गका जिल्लाहरूको सूचीमा छैठौँ स्थानमा रहेको छ।

विवरणअनुसार ‘ख’ वर्गका जिल्लाहरूमा नुवाकोटसँगै जाजरकोट र बैतडीले पनि समान २७.५ अंक प्राप्त गर्दै छैठौँ स्थान नै हासिल गरेका छन्।

जिल्ला प्रशासनले आफ्नो प्रशासनिक जिम्मेवारी र सेवा प्रवाहमा कत्तिको चुस्तता देखाएको छ भन्ने मापन गर्दछ। नुवाकोटको ५५ वटा कार्य स्वीकृत हुनु र ५ वटा अस्वीकृत हुनुले यसको कार्य सम्पादनको गुणस्तर र सुधारका क्षेत्रहरूलाई स्पष्ट पार्दछ।

यसैगरी ‘क’ वर्गका जिल्लाहरूमध्ये ललितपुर जिल्लाले सबैभन्दा बढी प्राप्ताङ्क प्राप्त गरेको छ । दाङ (२७.९३७५ अंक) दोस्रो स्थानमा र सप्तरी (२७.५६२५ अंक) तेस्रो स्थानमा रहेका छन् । यस वर्गको सबैभन्दा तल्लो स्थानमा भने पर्सा जिल्ला (६.३१२५ अंक) रहेको देखिन्छ ।

‘ग’ वर्गका जिल्लाहरूमध्ये मनाङ जिल्लाले सबैभन्दा बढी प्राप्ताङ्क ल्याएको छ। मनाङपछि रसुवा जिल्ला २८.६८७५ अंकका साथ दोस्रो स्थानमा र तेह्रथुम जिल्ला २७.८७५ अंकका साथ तेस्रो स्थानमा रहेका छन् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top